१६० यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन

Air-Asia१३ पुस, काठमाडौं । इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ ।

सुरबयाबाट सिंगापुरका लागि उडेको एयर एसियाको QZ ८५०१ एयरबस सम्पर्कविहीन भएको हो । विमानमा १६० जना भएको इण्डोनेसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

एयर एसियाले एयर ट्राफिक कन्ट्रोलसँग स्थानीय समय अनुसार विहान ७:२४ मा सम्पर्क टुटेको बताएको छ । साथै उसले विमानको खोजी भइरहेको बताएको छ ।

 

Leave Your Comment