रुकुमको सुन्दरता बयान गरीसाध्य छैन (फोटो कथा)

Rukum-3१२ पुस, रुकुमकोट । रुकुम पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर यसको उचित प्रचार प्रसार हुन सकेको छैन । पुर्वाधारको विकास पनि हुन नसक्दा स्थानीयले पर्यटन उद्योगबाट जति लाभ लिनुपर्ने हो त्यति लिन सकेका छैनन् ।

रुकुम कला, सँस्कृतिले धनी मात्र नभएर प्राकृतिक रुपले पनि निकै सुन्दर छ । ५२ पोखरी ५३ ताल भनेर चिनिन्छ रुकुम जिल्लालाई । रुकुमको प्राकृतिक सुन्दरताको कुरा गर्दा सिस्ने हिमाललाई छुटाउन मिल्दैन ।

यहाँको यार्सा विश्वमा नै प्रख्यात छ । रुकुम प्राकृतिक जडीबुडीले पनि धनी जिल्ला हो । तर यस्को उचित सदुपयोग हुन सकेको छैन ।Rukum-6

रुकुमको कुरा उठ्दा अभाव, भोकमरी र अशिक्षाका कुराहरु मात्र उठ्ने गर्दछन् । तर, पर्यटकीय सम्भावनाका कुरा कम मात्रै उठ्ने गरेका छन् । कुलदीप न्यौपानेले क्यामरामा कैद गरेका रूकुमको सुन्दरता हेर्नुहोस् ।

 

Leave Your Comment