नेपाली डाक्टरहरूको यस्तो सफलता!

timthumb.phpनेपालमा पहिलो पटक एउटा मात्र प्वाल पारेर ठूलो आन्द्राको क्यान्सर रोगको सफल रुपमा शल्यक्रिया गरिएको छ।
अमेरिकामा कार्यरत डा. सुशील पाण्डे, अल्का अस्पतालका गास्ट्रो सर्जन डा. संजय पौड्याल, डा.दीप लामिछाने र डा. अमित खनाल सम्मलित चिकित्सकको टोलीले ललितपुर कुमारीपाटीका ४५ वर्षिय शिव घिमिरेको सफल शल्य क्रिया गरेका हुन्।
ठूलो आन्द्राको क्यान्सर भएको भागलाई एउटा मात्र प्वाल पारेर शल्यक्रिया गरिएको सम्भवतः नेपालमै पहिलो पटक भएको उपचारमा संलग्न चिकित्सक डा. सञ्जय पौड्यालले बताए ।
‘अहिलेसम्म यस्तो शल्यक्रिया गर्दा बिरामीको पेटमा धेरै ओटा प्वाल पार्ने गरिन्थ्यो,’ डा. पौडेलले भने, ‘अमेरिकामा कार्यरत डाक्टर पाण्डेयले ल्याएको आधुनिक उपकरणको सहयोगमा एउटा मात्र प्वाल पारेर यस्तो जटिल शल्यक्रिया गरिएको हो।’
शल्यक्रिया गर्न तीन घन्टा लागेको थियो। शल्यक्रियापछि अहिले बिरामीको अवस्था सामान्य छ। एउटा मात्र प्वाल पारेर गरिने सिंगल पोर्ट ल्याप्रोस्कोपिक शल्यक्रिया अहिलेसम्म भारतमा गरिन्थ्यो।
यस्तो शल्यक्रिया गर्दा बिरामीलाई सहज हुनुका साथै जोखिम समेत कम हुने गरेको चिकित्सकको भनाई छ। उक्त उपकरण भित्रिएसँगै अल्का अस्पतालले यस्तो खाले शल्यक्रियालाई निरन्तरता दिने जनाएको छ ।

Leave Your Comment