क्रिश्चियनको कार्यक्रममा उपराष्ट्रपतिले भने- म खाँटी हिन्दु हुँ

१२ पुस, काठमाडौ । क्रिश्चियन धर्मावलम्बीहरुको विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति परामानन्द झाले आफू खाँटी हिन्दुवादी भएको बताएका छन् ।

इसाई धर्मावलम्बीहरुको ठूलो चाड क्रिसमसको अवसरमा शनिबार राजधानीको एक होटलमा आयोजित शुभकामना आदान-प्रदान विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले आफू हिन्दु धर्म मान्ने व्यक्ति भए पनि अन्य धर्मको पनि श्रद्धा गर्ने बताए ।

ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै झाले भने- ‘म खाँटी हिन्दु हुँ, इसाई धर्मावलम्बी होइन ।’

प्रभुको कृपाले संविधान पाओस्

 

Leave Your Comment