हेटौंडामा छुटेको जुत्ताको चर्चा

chuteko-juttaहेटौंडा । माओवादी युद्धको समयमा बन्दुकको चेपमा परेका मानिसको भावनालाई समेटेर कवि भोजराज न्याैपानेले लेखेको  कविता संग्रह ‘छुटेको जुत्ता’ का विषयमा छलफल गरिएको छ ।

हेटौंडामा शनिबार भएको कार्यक्रममा युवा कवि भोजराज न्यौपानेले लेखेको कविताका बारेमा छलफल गरिएको थियो । हेटौंडा बजार लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा भिम बिराग प्रतिष्ठानका अध्यक्ष तुलसी थापाले मुलुकले भोगिरहेका घात प्रतिघात कवितामा उल्लेख गरिएको बताए ।

त्यस्तै समीक्षक घनश्याम घिमिरेले द्वन्द्वले मान्छेलाई मान्छे भएर बाँच्न गारो भएको कुरा कवितामा उल्लेख भएको बताए ।

कवितामा सरलता, सरलतामा सुन्दरता भन्ने मान्यता बोकेका कविले सरल भाषामा गहन भाव पस्केकामा कवि निमेष निखिलले बधाई दिए ।

कार्यक्रममा आयोजक हेटौंडा बजार लायन्स क्लबले कवि न्यौपानेलाई सम्मान गरेको छ ।

Leave Your Comment