क्रिसमस र अग्रेजी नयाँ वर्षमा अल्ट्रालाईटमा छुटै-छुट

timthumb.php
क्रिसमस र अंग्रेजी नयाँवर्षलाई लक्षित गर्दै अल्ट्रालाईट कम्पनिले पर्यटकका लागि छुटको विशेष प्याकेज ल्याएका छन्। पोखरा अल्ट्रालाईटका संचालक पोमनारायण श्रेष्ठले जनवरी १० तारिखसम्मका लागि अल्ट्रालाइट उडानमा स्वदेशीलाई ३० र विदेशीलाई १५ प्रतिशत छुट दिईने बताए।
‘न्यू इयरका कारण धेरै विदेशी र स्वदेशी पोखरा आउँछन्। उनीहरुलाई आकर्षण गर्न छुट दिएका हौ’ उनले भने। अल्ट्रालाइट उडानमा १५ मिनेटको ७०, ३० मिनेटको १२५, ६० मिनेटको १९८ र ९० मिनेटको २८५ यूरो शुल्क तिर्नुपर्छ।
अर्काे कम्पनि एभिया क्लवले प्याराग्लाईडिङ गर्ने पर्यटकलाई अल्ट्रालाईटमा उडान गर्दा १० प्रतिशत विशेष छुट दिइने एभियाका म्यानेजर रिजन रिजालले बताए। त्यसबाहेक स्वदेशी पाहुनालाई २५ प्रतिशत छुट दिने रिजालले जानकारी दिए।
‘प्याराग्लाईडिङ गर्नेले अल्ट्रालाईटमा विशेष छुट पाउने व्यवस्था मिलाएका छौ’ उनले भने, ‘पाहुनाको आकर्षण बढाउन यो व्यवस्था गरेका हौ।’ पर्यटकलाई आकर्षण बढाउन सान्ताक्लजको भेषमा सजिएका पाईलटले अहिले अल्ट्रालाईट र प्याराग्लाईडिङ उडाईरहेका छन् ।

Leave Your Comment