राजधानी नजिकै अर्काे इलाम !

chiyabagan1कालो बलेरोबाट ओर्लिए लगत्तै भोटेचौरको माथिल्लो डाडाँबाट चिया बगानको दृष्य देखेर उत्साही भएकी काठमाडौंकी लता खड्का चिच्याइन् ‘ओ…! यो त इलाम नै हो।’ सिन्धुपाल्चोकको भोटेचौरमा चिया बगान छ भनेर सुनेकै आधारमा शुक्रबार समूहसहित यहाँ आइपुगेकी लता बिहान उठ्ने वित्तिकै विशाल चिया बगान देखेर आश्चर्यमा परिन्। ‘यो त इलामभन्दा केही कमी छैन,’ चिया बगान हेर्न एकचोटी इलाम पुगिसकेकी उनले सुनाइन्।83bhotechaur_ramesh-khatiwada
काठमाडौंस्थित मनमोहन मेमोरियल कलेजकी विद्यार्थी लतासँगै आउने अरु साथीहरु पनि यहाँको चिया बगान देखेर अचम्भित भए। बिहानको सुर्याेदय र कटेजकै डिलबाट देखिने हिमश्रृंखलाले उनीहरुलाई आकर्षित गरायो। ‘यस्तो दृष्य त इलाममा पनि पाइदैन,’ उनले तुलना गरिन्।
 83bhotechaur_ramesh-khatiwada
चिसो मौसम सुरुभएयता स्थानीयले कल्पना नगरेको संख्यामा आन्तरिक पर्यटक भोटेचौरका हरिया पाखा हेर्न आए। राजधानीसँगै जोडिएको सिन्धुपाल्चोकको भोटेचौरमा अहिले हजारौं खुसी साट्न आइपुग्ने गरेका छन्। आन्तरिक पर्यटकले यहाँको चिया बगानलाई अर्काे इलाम माने। १७ वर्षअघि फुंग उडेको उजाड पाखो चिया बगानकै कारण अहिले पर्यटकीय गन्तब्य बन्यो।chiyabagan1

Leave Your Comment