सुन्तलाको गाउँ खोकु

DSC01682
को १ च ७५८६ नम्बरको स्क्रपियो गाडी धरानबाट उकालो चढ्न थाल्छ। ८ जनाको क्षमता छ। तर, ११ जना छौं। भारबहन क्षमता बढी नै छ। चालक असन्तुष्ट छन्। ट्राफिक प्रहरीले पक्रिएमा आफू नजान्ने र कागजपत्र पनि नदिने शर्त अघि सारेका छन्। अघि बसेका सुन्तलाका थोक व्यवसायी ज्ञानबहादुर बस्नेत ठिकै छ भन्छन्।
क्षमता भन्दा बढी चढ्नु कानुन विपरीत हो। दुर्घटनाको विउँ हो। तर, व्यवहारिकताले मिचेको छ कानुनलाई। ट्राफिक नियमलाई। ११ मध्येका ३–४ जना बाहेक सवैजसो पुगेका छन्, हामी हिडेको गन्तब्यमा। व्यापारिक शिलशिलामा। त्यै पनि उनीहरु रोमाञ्चित छन्। उनीहरुको अनुहारमा चमक भरेको छ, जोस भरेको छ। सुन्तलाको गाउँ त्यो पनि दक्षिण एसियाकै मिठो सुन्तलाको घर। खोकु। जहाँ पहिलो पटक सुन्तलाको महोत्सव लागेको छ। त्यहाँ पुग्न ४ घण्टा लाग्छ सबै यसो भन्छन्।
धेरैको पेट रित्तो छ। पेट उचाल्ने ठाउँ तोकिन्छ। हिले। मोबाइलको किप्याडमा ज्ञानबहादुर दाईको औला चल्छन्। खानाको लागि भनिदिन। गाडी उकालिरहन्छ। निरन्तर..निरन्तर। म नजिकै बसेका नेत्र काफ्ले दाई मनोजसँग जिस्किन्छन्। उरालिन्छन्। एकै स्कुल र एउटै ब्याजमा पढेका हुन् उनीहरु। उमेर पनि समान झै। त्यसैले पनि उनीहरु आफूलाई ‘त’ भन्न पनि हिच्किचाउँदैनन्। घोचपेच चलिरहन्छ। दुईबीचको रोमाञ्चक विवादमा बेला–बेला हाँसो गुञ्जिन्छ। बेला–बेला सांकेतिक ननभेज कुरा पनि चल्छ। दुईबीच। मसँगै टाँसिएका अर्का कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्राई पनि ननभेजमा हाँसो भरिदिन्छन्।

Leave Your Comment