वन जोगाउँदै, वाहवाही बटुल्दै

timthumb (1)रुपन्देहीमा पुराना रुख फाँडेर नयाँ तरिकाले वन व्यवस्थापन थाल्नुपर्छ भन्दा दीपक ज्ञवालीलाई त्यहाँका उपभोक्ताले प्रतिवादमात्र गरेनन्, यो डिएफओ पागल भएछ पनि भने।
उनले यदि वैज्ञानिक वन व्यवस्थापनमा नलाग्ने हो भने उपभोक्ता समिति खारेज गर्दिने चेतावनी दिए।
‘जनताको अधिकारी खोस्न खोजेको?’ भनेर उपभोक्ताले र्‍याखर्‍याख्ती पारे।
२०६९ साल असोज, उनी रुपन्देहीमा डिएफओ भएर पुगेका थिए। timthumb (1)
केहीअघि थालिएको तर असफलताको चरणमा पुगेको रुपन्देहीका १२ वटा सामुदायिक वन अहिले वैज्ञानिक वनको नमूना बनेका छन्। हराभरा हुर्किरहेको यहाँको वन देशकै नमूना वन भएको छ।
रुपन्देहीमा वाहवाही कमाएर मोरङ आएका उनी आफ्नो अभियानमा उतिकै सक्रियतासाथ लागिरहेका छन्। लाटीझोडा साझेदारी वनलाई वैज्ञानिक व्यवस्थापन थालिएको छ।
अबको एक वर्षपछि गरमझोडा प्रस्तावित सामुदायिक वन केराबारीलाई वैज्ञानिक व्यवस्थापन थाल्ने उनको अठोट छ।
शनिबार गरमझोडा वन हेर्न पुग्दा उपभोक्ता चकित भए। अहिलेसम्म कुनै डिएफओ वन हेर्न नपुगेको भन्दै फेरि फेरि आइरहन अनुरोध गरे।
वैज्ञानिक वन यस्तो हुन्छ भनेपछि उपभोक्ता सजिलै राजी भए।
‘नेपालकै जंगलमा हुने सखुवा हुर्काउन नसक्ने रे, अहिले त मेलेसियन सखुवा रोप्ने भनेर लागेका छन्,’ गरमझोडा वनका अगुवा मोतीबहादुर कट्वाल भन्छन्, ‘मलाई साँच्चिकै घत लाग्यो डिएफओ साहेबको कुरा सुनेर।’
वैज्ञानिक वन बनाएर नायक भएका ज्ञवालीको यो अभियानमा केही समययता ब्रेक लागेको छ। संसद्को वातावरण समितिले वैज्ञानिक वन व्यवस्थापनमा रोक लगाइदिएको छ।
कैलालीका जंगलमा वैज्ञानिक वन बनाउन बूढा रुख काट्दा राम्रा रुख पनि काटिएको भन्दै समितिले रोक लगाएको छ।
***
जथाभावी रुख काट्ने, तस्करी गर्ने, वन मास्न अग्रसर हुने जोकोहीलाई जेल हाल्ने उनको मिसन छ। अझ उनी एउटा रुख काटेर अर्को रुख नरोप्ने मान्छेलाई देख्न सक्दैनन्।
 putla
‘एउटा रुख काटेर अर्को रुख नरोप्नेलाई सिधै लगेर थुन्दिए हुन्छ,’ ज्ञवाली भन्छन्, ‘त्यो सामुदायिक वन खारेज गर्दिए हुन्छ।’
मोरङ आएको पुगनपुग तीन महिना हुँदै उनले आफ्नो क्षमता देखाइसकेका छन्। उनको आगमनपछि वनतिर गलत नजर लाउने तस्कर डराउन थालेका छन्।
उनी मोरङ आययता वनजंगल सम्बन्धि विभिन्न मुद्दामा १ सय १५ व्यक्ति पक्राउ परिसकेका छन्। वन्यजन्तुसम्बन्धित मुद्दामा ९ जना पक्राउ परेका छन्।
९ वटा ट्याक्टर, १ वटा बस, मोटरसाइकल ८ वटा, साइकल ९ वटा र बयलगाडा दुईटा पक्राउ परेका छन्।
उत्तरी मोरङका २१ वर्षे एक युवा हालसालै जेल गएका छन् काठ तस्करी सम्बन्धि मुद्दामा। ‘यति कलिलो उमेरमा तस्करी गर्न युवा लागेको देखेर मलाई दुःख लाग्यो, तर उसलाई सुधार्ने जेलले नै थियो,’ ज्ञवाली भन्छन्, ‘अबदेखि यस्तो गर्दिन भनेका छन् ती भाइले।’
***
रुपन्देहीमा यसरी सफल भयो
उपभोक्तालाई आफ्नो पक्षमा ल्याउनै उनलाई मुस्किल परेको थियो। आफ्नो अभियानमा लागिरहे, थाकेनन्।
धेरै चोटीको छलफलपछि लुम्बिनी साझेदारी वन र बाउन्नकोटी वनका उपभोक्ताले वैज्ञानिक वन व्यवस्थापनमा सहमति जनाए। उपभोक्ता राजी भएपछि माउ रुख र बूढा रुखलाई अलगअलग विभाजन गरियो।
४० प्रतिशत राम्रा रुख राखेर अरु काट्न थालियो।  यसरी रुख काट्दा अधिकांश रुख धोद्रा र माटोले भित्रभित्रै खाइसकेका भेटिए।
ढालिएका रुखलाई व्यवस्थापन थालियो। यिनै रुखबाट भएको आम्दानी वैज्ञानिक वन व्यवस्थापनमा खर्च गरियो। खर्चभन्दा आम्दानी धेरै निस्कियो। उपभोक्ता झन् खुसी भए। Sankhusava-Lanslide1
पहिलेको वन र अहिलेको वनमा आकासपाताल फरक आएको छ।
(तस्बिर हेर्नुहोस्)

Leave Your Comment