अष्ट्रेलियन क्रिकेटर ह्युजको ब्याट र जर्सी सगरमाथा लगिने

अष्ट्रेलियाली क्रिकेट बोर्डले शुक्रवार स्वीकृती दिएको

timthumb (3)
क्रिकेट बलले लागेर ज्यान गुमाएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजले प्रयोग गर्ने गरेको ब्याट र जर्सी सर्वोच्च शिखर सगरमाथामा लगिने भएको छ।
ह्युजको ब्याट र जर्सीलाई सगरमाथाको चुचुरोमा पुर्‍ायाउन नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई अष्ट्रेलियाली क्रिकेट बोर्डले शुक्रवार स्वीकृती दिएको क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिइन्।
अष्ट्रेलियाली क्रिकेट बोर्डले ह्युजको ब्याट विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याउन स्वीकृति दिएसँगै क्यानले अब पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतसँग आवश्यक पहल गर्ने जनाएको छ ।
अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको गत मंसिर ११ गते सिड्नीमा न्यू साउथ वेल्स र दक्षिण अष्ट्रेलियावीचको खेल भइरहेका बेला शन एबोटको बलले लागेको थियो । बल लागेर गम्भीर घाइते भएका ह्युजको उपचारका क्रममा निधन भएको थियो ।
ह्युजको सम्झनामा नेपालमा ६३ ओभरको खेल 
यसैबीच क्रिकेटर ह्युजले अन्तिम खेलमा बनाएको ६३ रनको सम्झनामा नेपालमा ६३ ओभरको खेल खेलाइने भएको छ । नेपाल क्रिकेट संघ क्यानले अष्ट्रेलियाली क्रिकेट बोर्डलाई उनको सम्झनामा नेपाल र अस्टे«लियावीच ६३ ओभरको खेल खेलाउनेबारे गरेको प्रस्तावलाई स्वीकृति दिएको घिमिरेले जानकारी दिइन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ भने खेलको मिति भने टुंगो लागिसकेको छैन।

 

Leave Your Comment