‘भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ’

5af5ff5190a7724e85d06eb489889d97_Lम सम्झन्छु निजी क्षेत्र र सरकारले १९९६को आइके गुजरालको भ्रमणलाई ल्यान्डमार्क भ्रमण भनेका थिए। अहिले नेपालले राम्रो कार्ड खेल्न सक्यो भने ल्यान्डमार्क होइन यो रिर्वाडिङ भिजिट हुन्छ। किनभने नरेन्द्र मोदीले व्यवसायको बारेमा बढी बहस र छलफल गर्नुहुन्छ र राजनीतिक कुरा कम गर्नुहुन्छ। नेपाललाई अहिले चाहिएको भनेको नै यस्तै अवसर हो। यो अवसरमा फाइदा लिन सकेनौ र हामी झिनामसिना कुरामा अल्भि्कयौं भने हामीले धेरै वर्षसम्म गुमाउँछौ। हालै भएको भारतीय विदेशमन्त्री सुषमा स्वराजको भ्रमणमा पनि उहाँले सबै कुरा गर्न तयार रहेको भन्नुभएको छ। सन् १९५०को सन्धी जसलाई हामीले असमान भनेर बसिरहेका छौ त्यसमा पनि उनीहरु छलफल गर्न तयार छन् । यसको अर्थ उनीहरु कुनैपनि मुद्दामा छलफल गर्न तयार छन् भन्ने हो।
हामीले हेरेको र डिफाइन गरेको प्रतिस्पर्धी क्षेत्र भनेको जलविद्युत, पर्यटन र कृषि हो। बजेटले पनि यीनैलाई प्राथमिकता राखेको छ, यो एकदमै सान्दर्भिक र समयसापेक्ष छ। यसमै केन्द्रित भएर एजेन्डाहरु पनि तय गर्नुपर्छ। बजेट आएकै समय र भारतीय प्रधानमन्त्री आउनु संयोग पनि हो जस्तो लाग्छ। हामीले आफ्ना मुद्दालाई औचित्यपूर्ण र स्पस्ट हिसाबले राख्ने हो भने नेपालले धेरै फाइदा लिन सक्छ। मोदीको नेपाल भ्रमण भलो चिताएर हुन लागिरहेको छ हामीले चाहेको खण्डमा नेपालको समृद्धिको लागि धेरै फाइदा लिन सकिन्छ।

आइके गुजरालको भ्रमणपछि मोदीको भ्रमण हुँदैछ। यो अवधिमा मुलुकमा राजनीतिक परिवर्तन भइसकेको छ तर राजनीतिक मानसिकता भने परिवर्तन हुन सकेको छैन नि?
राजनीतिक मानसिकता परिवर्तन नहुनु हाम्रो आन्तरिक समस्या हो। यो परिवर्तन नहुनुको एक मात्र कारण हाम्रा दलले लोकप्रिय, आर्थिक प्रभाव धेरै नहुने कुरा गरेर भोट बैंकहरु तयार गर्न चाहन्छन् तर यसले कुनै सहयोग गर्दैन्। अल्पकालमा यसले सहयोग गर्ला तर जनता शिक्षित भइसकेका छन्। उनीहरुले बुझिरहेका छन्। संचारमाध्यमहरु यतिधेरै प्रभावकारी भइसकेका छन्। कुनै पनि भाषणबाजीले भलो हुनेवाला छैन भन्ने बुझिसकेका छन्। यत्रो वर्षको दौरानमा पनि देखिने, दिगो आर्थिक वृद्वि दर हुनुपर्ने हो त्यो नभएको कारणले हाम्रो राजनीतिक वृत्तले सोच्ने बेला आएको छ। यसबाहेक कुनै पनि विषयमा हामी समस्या मात्रै देख्छौ।

अहिलेको विवाद भनेको लोकप्रियता मात्रै हो त?
यसलाई मेरो हेर्ने तरीका अलग छ। यसमा यो भन्न सकिन्न विगतको सन्धी/सम्झौंता नेपालको पक्षमा होला। तर हामीले के विचार गर्नुपर्छ भने आफ्नो स्वार्थको रक्षा तपाई आफुले गर्ने हो। अर्को पक्षले आफ्नो स्वार्थको रक्षा गरिदियोस भन्नु मिठो कल्पना मात्र हो। उहाँहरुले ल्याउनुभएको कुरा विगतमा आफ्नो स्वार्थको रक्षा गर्न नसकेर आएको हो जसलाई अहिले आएर भारतले ठग्यो भनेर टिकाटिप्पणी गरिहेका छौ। यो लोकप्रिय बन्ने चाहना मात्रै हो। अहिलेको विवाद गृहकार्य नर्गनु, आफ्नो स्वार्थको रक्षा गर्न नसक्नु र दीर्घकालिन रुपमा सोच्न नसक्नुका कारणले भएको हो। त्यसो भन्दैमा निर्णय नगर्ने भन्ने अवश्य पनि होइन।

Leave Your Comment