को अग्रगामी? को प्रतिगामी?

-दिल निसानी मगर

प्रचण्ड सोच्दा हुन-“म मरेको बाघ भइसके, तब न मेरो एक-एक गरि जुगाँ उखेलिदै छ।’ यति बिघ्न तनाब देखेर पनि कृष्ण सिटौला फिस्स हाँसिदिन्छन्। गायिका अन्जु पन्तको एउटा दिल छुने गीत थियो-“हाँस्नलाई ओठ खोले आँखा भरि आँशु भयो…।” हो, अहिले प्रचण्डसँग ओठ छैन। प्रचण्डसँग इतिहासभन्दा अरू केहि पनि बाँकि रहेन।

timthumb (4)

***

तत्कालिन माओबादीसँग बन्दुकको बल थियो। जन-अदालत थियो। जन-सरकार थियो। त्यसैले जनतामाझ हैकम लाद्न सजिलो थियो। त्यही बन्दुकको बल, जन-अदालत तथा जन-सरकारलाई बिघटन गरेर तत्कालिन नेकपा माओवादी संविधानसभामा होमियो। संविधानसभामा बन्दुकको बल हुँदैन। जन-अदालत पनि हुँदैन। जन-सरकार हुने त कुरै भएन। त्यसैले हालको एमाओवादीलाई संविधानसभा भित्र आफ्नो कुरा जसरी भएपनि लाद्न खोज्नु सजिलो छैन।

**

नेपालको पूर्वी-भुभागमा डेरा जमाउँदै जब ज्ञानेन्द्र बन्दकोसमेत प्रवाह नगरी आफै गाडी हाँकेर हुइँकिन्छन् नि, तब बाबुरामको मुटु ढुकढुक गर्छ। कुनै दिन यिनै बाबुरामले बोलेका थिए-“म अझैसम्म पनि प्रधानमन्त्री भएको भए ज्ञानेन्द्रलाई जेल हाल्थे।” केहि महिना अगाडि ज्ञानेन्द्र शाहलाई ह्रदयघात भएको थियो। बाबुराम, हस्याङ्फस्याङ् गर्दै सबैभन्दा पहिले अस्पताल कक्ष पुगे। यतिखेर ज्ञानेन्द्रको मुटुले खुसीको सीमा नाँघेर बुकबुक गर्छ। बाबुरामको मुखारबिन्दबाट हरेक साँझ अनि बिहान अग्रगामीको सुँगा रटान त हुन्छ, हुन्छ। तर, किन यीनको भूमिका सधै दोहोरो देखिन्छ?  बाबुराम साँचो अर्थ मै अग्रगामी हुन कि प्रतिगामि? विस्तृतमा

 

Leave Your Comment