रजनीकान्तको सम्पत्ति बैंकले लिलाम गर्ने

बैंकको ऋण तिर्न नसकेपछि दक्षिण भारतीय फिल्मका नायक रजनीकान्तको सम्पत्ति लिलाम हुन भएको छ। समाचार अनुसार एक्जिम बैंकले काचिपुरममा रहेको रजनीकान्तको २.८ एकड जमिन लिलामी गर्न लागेको हो। सो बैंकको करिब २२ करोड भारु रुपैयाँ ऋण उनले तिर्न सकेका छैनन्।
फिल्म ‘कोचडयान’ बनाउनका लागि उनले बैंकबाट ऋण लगेका थिए। तर फिल्म बक्स अफिसमा फ्लप भएपछि उनलाई पैसा चुक्ता गर्न मुस्किल भएको हो। सो फिल्मकी निर्माता रजनीकान्तकी कान्छी छोरी सौन्दर्या हुन।
भर्खरै रिलिज भएको उनको फिल्म ‘लिंगा’ले पनि अपेक्षित ब्यापार गर्न नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन।

Leave Your Comment