नमिलेको कुरा संविधान होईन, सत्ता समिकरण: डा महत

timthumb.phpनेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले दलहरुवीच सबै कुरा मिलेको तर नमिलेको कुरा भने सत्तासमिकरण भएको बताएका छन्।
राजधानीमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै नेता महतले अहिलेको विवाद संविधान जारी गरेपछि कसको कुन हैसियत हुने, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्ने विवाद भएको बताएका हुन्।
उनले जनतालाई संविधानको अन्र्तबस्तुमा विवाद भनेर गुमराहमा नपार्न आग्रह गर्दै सबैलाई गम्भीर हुन आब्हान समेत गरे।
माघ ८ गते कुनै पनि हालतमा संविधान आउन नसक्ने र मस्यौदामात्रै ल्याउन सके पनि ठूलो विजय हुने भन्दै अहिलेको मोर्चाको आन्दोलनको घोषणा पनि सत्ताकै झगडाको उपज भएको दाबी गरे ।
उनले प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा सहमतिको सरकार बनाउन समेत आफुहरु तयार भएको साक्षात्कारमा स्पष्ट पारे ।

Leave Your Comment