गृहमन्त्री जनार्दन शर्माले खाए डिएसपीको जागिर, यस्तो थियो कारण

कठमाण्डौ, ३ साउन । प्रहरी हेडक्वाटरद्धारा बढुवाको लागि सिफारीसमा परेका डीएसपी सन्जिव शर्मा दास गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशन पछि निलम्बनमा परेका छन् । गृहमन्त्रीको निर्देशन पछि प्रहरी मुख्यालयले डीएसपी दासलाई बुधवार निलम्बन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले ३५ डीएसपीलाई एसपीमा बढुवा गर्न गरेको सिफारिसको सूचीको ३५ औं नम्बरमा सन्जिव शर्मा दासको नाम समेत उल्लेख छ, ।
यसअघि पनि मध्य क्षेत्रीय प्रहरी कार्यालयले दासलाई कारवाहीको लागि सिफारिस गरेको थियो । पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लगाई मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाहीको लागि सिफारीस गरेको हो ।
गृहमन्त्री शर्माले सो घटनाका विषयमा अनुसन्धान गर्न समेत निर्देशन दिएका छन् ।
निलम्बित डिएसपी दासलाई बलत्कारको घटनाका सम्बन्धमा पीडितले दिएको किटानी जाहेरी समेत दर्ता नगरेको आरोप लागेको छ । राष्ट्रिय मानवअधिकार आयोगले पनि यो विषयमा अध्ययन गरी दोसी भन्दै कारवाहीको सिफारीस गरेको छ ।  रामेछाप डिएसपी भएर गएका कुमोद ढुंगेलले सुन्तली हत्या घटनामा पुनः छानविन थालेपछि शर्मा दास अप्ठेरोमा परेका हुन् । प्रहरील् सुन्तलीको हत्या र बलात्कारका अभियुक्त राउतलाई प्रहरीले भारतको अण्डमान एण्ड निकोबार टापुबाट पक्राउ गरेर ल्याएको छ । राउतलाई भगाउने डीएसपी सञ्जीव शर्मा दासमाथि कारवाहीको माग गर्दै सुन्तलीकी आमा डिल्लीमायाले प्रहरीमा उजुरी समेत गरेकी छन् । डिल्लीमायाले डीएसपी शर्मा दासले आफु माथि दुब्र्यवहार गरेको समेत बताएकी छन् ।

 

Leave Your Comment