जुवा खालबाट पक्राउ परेको खबरपछि मिडिया सामु आए बद्रि पंगेनी, भने म तास खेल्छु तर पक्राउ परेको छैन (हेर्नुहोस भिडियो)

चर्चित लोकगायक बद्री पंगेनीले जुवाखालबाट पैसासहित आफू पक्राउ परेको खबरको खण्डन गरेका छन् ।

पक्राउ परेको समाचार आएपछि बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै गायक पंगेनीले मंगलबार राति आफू कुनै प्रहरी हिरासतमा नरहेको र घरमै रहेको स्पष्ट पार्दै समाचारमा आपत्ति जनाएका हुन् ।

यद्यपी जुवाखालबाट आफ्ना परिचित मित्रहरु समातिएपछि आफू त्यसबारे बुझ्न महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको र त्यहाँका डीएसपीले कानून बमोजिम कारवाही हुन्छ भनेपछि आफ्नो बाटो लागेको स्पष्ट पार्दै गायक पंगेनीले आफै पक्राउ परेको भनी आएका समाचारमा आपत्ति प्रकट गरेका छन् ।

Leave Your Comment

Related Post