दुई चार मन्त्रालयको लोभमा एमाले पर्दैन, तीनै तहका चुनाव सम्पन्न गराइछाड्छौं : सचिव ज्ञवाली

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी सत्ता समिकरणमा नभई निर्वाचनमा केन्द्रीत रहेको बताउनुभएको छ ।

दुई चार मन्त्रालयको लोभमा सत्ता समिकरण नभई देश र जनताको चाहनाअनुसार निर्वाचनका गतीविधिमा एमालेको ध्यान रहेको उहाँको भनाई छ ।

प्रेस चौतारी नेपालले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले अन्य दलहरु सत्ता गठवन्धनमा व्यस्त भएपनि जनताको भावना अनुसार नेकपा एमाले निर्वाचनलाई सम्पन्न गर्नतर्फ लागिरहेको स्पष्ट पार्नुभयो ।

अहिले निर्वाचन महत्वमुर्ण भएकाले संविधान संसोधन लगायतका काममा लाग्न नहुने उहाँको भनाई छ । संविधान गतिशील दस्तावेज भएपनि जनताको चाहना विपरित कुनै एक दलको चाहदैमा संशोधन नहुने उहाँले जोड दिनुभयो ।

संविधानको निर्णायक शक्तिसंग कुनै सहकार्य नगरी ल्याईको संविधान संशोधन कुनै हालतमा पनि पास हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यकर्ता भेटघाटका लागि बैतडी पुग्नुभएका एमाले सचिव ज्ञवालीले कांग्रेस र माओवादी गठबन्धन अझै पनि चुनाव देखेर डराइरहेको आरोप लगाउनुभयो । राजपालाई बाहाना बनाएर निर्वाचनका गतिविधिहरु प्रभावित गर्नतर्फ सत्ता साझेदार दल कांग्रेस र माओवादी आफै लागि रहेको उहाँको आरोप छ ।

दुई चरको निर्वाचनमा जसरी एमाले पहिलो शक्ति बन्यो त्यसरी नै तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने सचिव ज्ञवालीले ठोकुवा गर्नुभयो ।

गुण्डागर्दी शैलीमा गठबन्दन बनाएर एमालेलाई पराजित गर्ने मनसायका साथ चुनावमा सहभागी भएका काग्रेस र माओवादीले एमालेलाई पराजित गर्न नसक्ने उहाँको भनाई छ । साथै ज्ञवालीले विभिन्न पार्टी परित्याग गरी एमालेमा आएका १६ जना नेतालाई पनि एमाले प्रवेश गरउनुभएको छ ।

बुधबार डडेल्धुरा र बैतडीमा कार्यकर्ता भेटघाट गर्नुभएका ज्ञवालीले बिहीबार दार्चुलामा पनि कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Leave Your Comment