आफ्ना सांसदले संबिधान संशोधनको बिरुद्द उभिने जिकिर गरेपछि ओली बिरुद्द खनिय थापा, भने- “मेरो पार्टी भित्र खेल्ने काम बन्द गर्नुस”

नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चलखेल गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापा एमाले अध्यक्ष केपी ओलीसँग रुष्ट भएका छन् । ओली र थापावीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्लो प्रकरणले चिसोपन बढेको छ ।

संविधान संशोधन प्रस्ताव असफल पार्न राप्रपाका केही सांसदलाई एमालेका नेताहरुले पैसा दिएर किन्न खोजेको र यस्तो कार्य केपी ओलीको जानकारीमै भएको राप्रपा नेताहरुको दाबी छ ।

स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापाले एक भेटमा एमाले अध्यक्ष ओलीसँग यसबारे गुनासो पोखेका छन् । थापाले ओलीलाई चेतावनीको भाषामा भनेका छन्–‘संविधान संशोधन लगायतका विषयमा एमाले र राप्रपावीच मतान्तर छ, तर यही विषयलाई लिएर मेरो पार्टीभित्र खेल्ने काम बन्द गर्नुहोला ।’

Leave Your Comment