कांग्रेस सभापति देउवालाई झट्का: तिन कोइराला परिवारको मिलन, कांग्रेस नेतृत्व कोइराला परिवारमै ल्याउने सहमति

कांग्रेस महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय नेताद्धय डा. शेखर कोइराला र सुजाता कोइरालाविच पार्टीको अगामी नेतृत्व दाबीसहितको अभियान चलाउने समझदारी भएको छ । 

महामन्त्री कोइरालाको बुधबार बिहान टोखास्थित घरमा गिरिजापुत्री सुजाता कोइराला र नोनापुत्र  शेखर कोइरालाले गरेको दुईघण्टा लामो राजनीतिक वार्तामा कांगे्रेसलाई बचाउन नेतृत्व कोइराला परिवारमा फर्काउनुपर्ने ठहर भएको हो ।

कोइरालापछि अहिले कांग्रेसको नेतृत्व लिएका शेरबहादुर देउवाले पार्टीको छबी बचाउन नसक्नेमा उनीहरु सहमत भएका छन् । देउवाको बिकल्पमा रुपम अघि सारिएका रामचन्द्र पौडेल पक्षधर झन कमजोर भएको र उसले नेतृत्वमाथि दवाव दिने हैसियत समेत बनाउन नसकेको बिश्लेषणमा उनीहरु पुगेपछि बिकल्पमा आफुहरु उभिनुपर्नेमा सहमत भएका हुन् ।

गत महाधिवेशनमा डा. शेखर कोइरालाले महामन्त्रीको दाबी गरेपनि शशांक अघि सरेपछि शेखर पछि हटेका थिएभने सुजाता कोइरालाले पार्टी सभापतिमा लड्ने उद्घोष गरेपनि डाक्टर द्धयको त्यसमा सहमति थिएन ।

Leave Your Comment