अफगानिस्तानसँग नेपालको अहिलेसम्मकै खराब प्रदर्शन, २९ रनमा ८ विकेट गुम्यो

अफगानिस्तानको १९१ रनको लक्ष्य पक्ष्याएको नेपालको ब्याटिङ आज पनि धरासायी बन्यो ।

जारी प्रतियोगितामा बलिङबाट मात्र राम्रो प्रदर्शन गरेको नेपालले आज अहिलेसम्मकै खराब प्रदर्शन गर्‍यो। बलियो टिम अफगानिस्तान विरुद्ध नौ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि १२ रनमा दोस्रो विकेट गुमायोर। नेपालले स्कोर १९ रन हुँदा ६ विकेट खेर गइसकेको नेपालका लागि कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

सन्दिप सुनुवार दुई रनमा आउट हुँदा आसिफ शेख ६ र आदिल खान र दिपेन्द्रसिंह ऐरी समान चार चार रनमा पेभेलियन फर्किए । प्रनित थापामगर र अनिल शाहले खाता खोल्न पाएनन्।

त्यसपछि नेपालको थप दश रन जोड्दा सातौ विकेट गुमायो । १२ बल खेलेका रोहित कुमार खाता खोल्न नपाउँदै पेभेलियन फर्किए । लगत्तै सन्दिप लामिछाने पनि खाता खोल्न नपाउदै पेभेलियन फर्किदा नेपालले २९ रनमा आठ विकेट गुमायो।

अहिले क्रिजमा पवन सरार्फ २२ रन बनाएर खेलिरहेका छन्। उनलाई साहब आलमले साथ दिइरहेका छन्।

Leave Your Comment