डाक्टरको चरम लापरबाहीले सामान्य खुट्टा कुहिएर काट्नु पर्यो, दोशी डाक्टरलाई बचाउन उच्च राजनीतिक चलखेल

नेपालगन्ज, ५ साउन । चिकित्सकको लापरवाहीका कारण आफ्नो खुट्टा काट्नुपरेको कारण देखाउंदै नारायण भट्टराईले जिल्ला प्रशासन कार्यालयमा क्षतिपुर्ती दावी सहित चिकित्सक विरुद्ध मुद्धा दर्ता गरेपछि सो घटनामा राजनीति सुरु भएको छ ।

 

क्षतिपुर्ती बापत ५० लाख रुपैया र औषधिउपचार बापत १५ लाख सहित आजिवन भरणपोषणको माग गर्दै निवेदन दिएपछि चिकित्सक संघले युवासंघका केही नेताहरु विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको छ । युवासंघका स्थानिय नेताहरु बिरुद्ध उजुरी दर्ता गर्न प्रहरीले नमाने पछि राजनीतिक दलको केन्द्रिय नेताको निर्देशनमा मुद्या दर्ता गरीएको छ । सो घटना पछि बांके युवासंघले बुधवार कोहलपुर नेपालगन्ज सडकखण्ड अवरुद्ध समेत गरे । बाँकेको कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराई खुट्टाको उपचारका लागि बैशाख २९ गते नेपालगन्ज स्थित माँ जानकी अस्पतालमा भर्ना भए । त्यहां उपचारमा संलग्न चिकित्सक श्यामसुन्दर यादवको लापरवाहीका कारण आफ्नो खुट्टा काट्नुपर्ने अवस्था आएको भट्टराईको आरोप छ । केही दिन अस्पतालमा उपचार गर्दा पनि घाउ निको हुनुको सट्टा झन झन बल्झिदै गएपछि पीडितले अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्न आग्रह गरेको बताए ।

पीडितका अनुसार बिरामीसंग पैसा हुदा सम्म चिकित्सकले यही अस्पतालमा उपचार सम्भव छ भन्दै आलटाल गरेका कारण घाउ निको नहुने अवस्थामा पुगे पछि मात्र अन्यत्र रेफर गरेका थिए । त्यसपछि भारतको लखनउका बिभिन्न अस्पताल पुर्याइयो । त्यहां उपचारका लागि पैसा नभएपछि पुनः नेपालगन्ज मेडिकल कलेज भर्ना भएका भट्टराई अन्त्यमा राजधानीको बि एण्ड बी अस्पतालमा पुगेका थिए । वि एण्ड बीमा चिकित्सकले उपचारमा ढिलाई भएका कारण भट्टराईको खुट्टा काट्नुपर्ने अवस्थामा पुगेको भन्दै काटिदिए । चिकित्सकहरुले पीडितको लागि छलफलका लागि गएका युवासंघका स्थानिय तहका नेता सहित स्थानिय बासीन्दका विरुद्ध मुद्धा दायर गरेको हुन् । सो घटनामा निकै राजनीतिक चलखेल सुरु भएको हो ।

यो पनि पढ्नुहोस :- जानकी अस्पतालका डाक्टर श्यामसुन्दर यादवको दादागिरी : पैसा हुन्जेल बिरामीलाई सन्चो हुन्छ भन्दै राखियो, पैसा सकिएपछि यहाँ हुदैन भन्दै अन्तै पठाइयो र अन्त्यमा बिरामीको खुट्टा नै काट्नु पर्यो 

आफैले गरेको गल्ति ढाकछोप गर्न चिकित्सकले पीडितका सहयोगीलाई दुख दिएको भन्दै युवासंघ बांके आन्दोलित भएको छ । संघले बुधबार नेपालगन्ज कोहलपुर सडकखण्ड अबरुद्ध गरेको छ ।

 

बाँकेको कोहलपुर नगरपालिका १० का ४९ बर्षिय नारायण भट्टराईलाई बैशाख २९ गते उपचारका लागि नेपालगन्जको माँ जानकी अस्पतालमा भर्ना भए । खुट्टामा सामान्य घाउ देखिएपछि उपचारका लागि गएका भटट्राईको चिकित्सक श्यामसुन्दर यादवले उपचार गरीरहेका थिए । केही दिन अस्पतालमा उपचार गर्दा पनि घाउ निको हुनुको सट्टा झन झन बल्झिदै गएपछि पीडितले अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्न आग्रह गरेको बताए । पीडितका अनुसार बिरामीसंग पैसा हुदा सम्म चिकित्सकले यही अस्पतालमा उपचार सम्भव छ भन्दै आलटाल गरेका कारण घाउ निको नहुने अवस्थामा पुग्यो ।

डा. श्यामसुन्दर यादवले अन्तिम अवस्थामा मात्र अन्यत्र रिफर गरेपछि उनलाई भारतको लखनउका बिभिन्न अस्पताल पुर्याइयो । त्यहां उपचारका लागि पैसा नभएपछि पुनः नेपालगन्ज मेडिकल कलेज भर्ना भएका भट्टराई अन्त्यमा राजधानीको बि एण्ड बी अस्पतालमा पुगेका थिए । वि एण्ड बीमा चिकित्सकले उपचारमा ढिलाई भएका कारण भट्टराईको खुट्टा काट्नुपर्ने अवस्थामा पुगेको भन्दै काटिदिए । चिकित्सक श्यामसुन्दर यादवले समयमै सुविधा सम्पन्न अस्पतालमा रेफर नगरेका कारण खुट्टा काट्नुपरेको भन्दै आक्रोशित स्थानिय बासीन्दा असार २८ गते मां जानकी अस्पताल छलफलका लागि पुगेका थिए । पीडित बिरामी पक्षका अनुसार डा. यादवकै बोलावटमा छलफलका लागि उनीहरु माँ जानकी अस्पतालमा गएका हुन् । स्वास्थ्यकर्मी समेत रहेका युवा संघ बाँकेका सचिव कुस्माखर बस्याल पनि स्थानिय बासीन्दाको तर्फवाट छलफलमा सहभागी भए । सुरक्षाकर्मी र अधिकारकर्मी सहितको रोहवरमा भइरहेको पीडित र चिकित्सक बिचको छलफलमा चिकित्सकहरु दादागिरी शैलीमा प्रस्तुत भएको एकजना अधिकारकर्मीले बताए ।

चिकित्सकहरु दादागिरी शैलीमा प्रस्तुत भएपछि छलफल बादबिवादमा परिणत भयो । सोही विषयलाई लिएर चिकित्सकहरुले बांकेका सबै स्वास्थ्य संस्थामा इमरजेन्सि लगायत सबै स्वास्थ्य सेवा ठप्प गराए । चिकित्सको लापरवाहीका कारण एउटा ब्यक्तिको खुट्टा काट्नु परेको अवस्थालाई छांयामा पार्न चिकित्सकहरुले छलफलका लागि पुगेका सर्वसाधारणलाई कारवाहीको माग राख्दै प्रहरीमा मुद्धा दायर गरेका छन् । अधिकारकर्मीहरुले पीडितलाई अझ पीडा दिने र अस्पताल बन्द गर्ने कार्य चिकित्सक जस्तो मर्यादित पेशाकर्मीलाई नसुहाउने तर्क गरेका छन् । प्रहरीकै उपस्थितीमा बिरामीका पक्षले चिकित्सकसँग खुट्टा काट्नुपर्ने अवस्थामा पुर्याएका विषयमा स्पष्ट हुन आक्रोश पोखेको घटनामा चिकित्सकले अनाहकमा फसाएको आरोपितहरुको दावी छ । चिकित्सक संघले अस्पतालमा तोडफोड भएकोे दावी गरेको छ । तर प्रहरीले भने अस्पतालमा तोडफोड भएको जानकारी नआएको बताएको छ । अहिलेसम्म पनि अस्पतालमा तोडफोड भएको कुनै संकेत समेत छैन् । यसैबीच युवा संघ बाँकेले उपचारमा लापरवाही गरि बिरामीको खुट्टा काट्ने अवस्थामा पु¥याउने चिकित्सकलाई कारवाही गर्नुको साटो पीडितलाई न्याय दिलाउन पुगेका ब्यक्तिलाई प्रहरीले कारवाहीको दायरामा ल्याएको भन्दै बुधबार बाँकेको नेपालगन्ज र कोहलपुरमा चक्काजाम गरेको हो । मुद्धा लगाइएकाहरु युवा संघका जिल्ला सचिव कुस्माखर बस्याल लगायत युवा संघका नेता कार्यकर्ता हुन् ।

युवा संघले मुद्धा फिर्ता लिन प्रहरी प्रशासनलाई चेतावनी समेत दिएको छ । यो घटनामा चिकित्सकले अनाहक राजनीति गरेको र पीडित पक्षमाथी थप पिडा दिएको पाइएको युवा संघका अध्यक्ष किशोेर थापाले बताए । माँ जानकी अस्पतालमा कार्यरत डा. श्याम सुन्दर यादवमाथी दुव्र्यवहारको आरोपमा सार्वजनिक अपराधको मुद्धा दर्ता गरिएका मध्ये २ जना पक्राउ परेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको नेपाल चिकित्सक संघ भेरीका सचिव डा. आरके झाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका सन्दिपसिंह र महेश खतिवडालाई पक्राउ गरिएको हो । पक्राउ गरिएको लिखित जानकारी प्राप्त गरेपछि संघले मंगलबारदेखि गर्दै आएको आन्दोलनका कार्यक्रम बुधबार बेलुकादेखि फिर्ता लिएको हो । संघको निर्णयपछि मंगलबारदेखि सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिकमा आपताकालित बाहेकका सेवा ठप्प भएका थिए । पीडित परिवारले जिल्ला प्रशासनमा क्षतिपुर्ती बापत ५० लाख रुपैया र औषधिउपचार बापत १५ लाख रुपैया सहित आजिवन भरणपोषणको माग गर्दै निवेदन दिएपछि चिकित्सक संघले सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको हो ।

Leave Your Comment