तेश्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक (यस्तो छ कार्यतालिका)

काठमाडौं । निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । प्रदेश नं. २ का ८ जिल्लाका १२७ स्थानीय तह (गाउँपालिका÷नगरपालिका) को निर्वाचन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार भदौ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेसम्मको कार्यक्रम सञ्चालन गर्ने तय गरेको छ । त्यस्तै असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू गर्न आयोगले मुख्य÷निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारीप्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय तह निर्वाचन, २०७४
२०७४ साल असोज २ गते हुने गाउँपालिका÷नगरपालिका निर्वाचनको निर्वाचन कार्यक्रम
क्र.सं कार्यक्रम मिति समय स्थान
कैफियत
देखि सम्म देखि सम्म
१ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने २०७४।५।२१ १०.०० १७.०० मुख्य÷निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित गाउँपालिका÷ नगरपालिका केन्द्र
२ मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने २०७४।५।२१ १७.३० ऐ. ऐ.
३ उम्मेदवारको विरोधमा उजुरी दिने २०७४।५।२२ १०.०० १३.०० ऐ. ऐ.
४ मनोनयनपत्र जाँच गर्ने २०७४।५।२२ २०७४।५।२३ २०७४।५।२२
१३.०० २०७४।५।२३
११.३० ऐ. ऐ.
५ मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने २०७४।५।२३ ११.३० १३.०० ऐ. ऐ.
६ उम्मेदवारले नाम फिर्ता लिने २०७४।५।२३ १३.०० १७.०० ऐ. ऐ.
७ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २०७४।५।२४ १०.०० ११.०० ऐ. ऐ.
८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने २०७४।५।२४ ११.०० १७.०० ऐ. ऐ.
९ मतदान गर्ने २०७४।६।२ ७.०० १७.०० सम्बन्धित मतदान केन्द्र
द्रष्टव्यः
१. निर्वाचन अधिकृतले गाउँपालिका÷नगरपालिका वडाभित्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नेछ ।
२. मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणाम घोषणा गरिनेछ ।

Leave Your Comment