एमालेको ‘पत्तासाफ’ बनाउदै तेस्रो चरणको चुनावमा १२७ मध्य सय स्थानीय तह जित्ने यस्तो छ कांग्रेसको रणनीति!

काठमाण्डौ । नेपाली कांग्रेसले आगामी असोज २ गते हुने निर्वाचनलाई लक्षित गर्दै बिहीबार दुई नम्बर प्रदेशको भेला आयोजना गरेको छ । भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरहादुर देउवाले विगतको जस्तै आगामी चुनावमा पनि पार्टी भित्रबाट अन्तरघात भए कार्यकर्तामाथि कडा कार्वाही गरिने चेतावनी दिएका छन् ।

भेलालाई सम्बोधन गर्दै सभापति देउवाले चुनावमा अन्तरघात गर्ने नेता–कार्यकर्ताहरुलाई तुरुन्तै कार्वाही नगरे कांग्रेसले सफलता हासिल गर्न नसकिने उनले बताएका छन् ।

पहिलो र दोश्रो चरणको चुनावमा पार्टी असफल हुनुको कारण पनि अन्तरघातनै भएको स्मरण गर्दै सभापति देउवाले चुनावमा अन्तरघात गर्नेहरुलाई अनुशासन समिति बनाएरै भएपनि कार्वाही गरेरै छाड्ने योजना सुनाए ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै अर्का प्रभावशाली नेता विमलेन्द्र निधिले तेश्रो चरणको चुनावमा कांग्रेसले अत्याधिक मत ल्याएर जित्ने योजना सुनाए ।

उनले असोज २ गते हुने चुनावमा कांग्रेसले एमालेलाई पछार्ने संकेत गर्दै १ सय सिट जित्न सकिने आंकलन गरेका छन् । नेता निधिले दुई नम्बर प्रदेशमा कांग्रेसको प्रभाव अत्याधिक रहेको बताउँदै सिराहा र सप्तरी बाहेकका जिल्ला आफ्नो कब्जामा पर्ने बताए ।

उनले दुई जिल्ला बाहेकका ९८ स्थानीय तहमध्ये करिब ८० वटामा कांग्रेसले विजयी हासिल गर्ने योजना सुनाए । नेता निधिले भने, ‘हामी सबै एकताबद्ध भएर लाग्ने हो भने कसैले हराउन सक्दैन ।

पहिलो र दोश्रो चुनावमा हामी एमालेभन्दा करिव ५० सिटले पछि छौ । दुई नम्बर प्रदेशमा सय पालिकामा हामी विजय प्राप्त गरौं, कांग्रेस पहिलो स्थानमा आइहाल्छ, त्यसका लागि हाम्रो ठूलो जिम्मेवारी छ ।’

Leave Your Comment