प्रचण्डको नजरमा यी १२ नेताका कारण कमजोर बन्यो माओबादी केन्द्र, १७ कुरा जसले माओवादी नै सक्किने अवस्था आयो (हेर्नुहोस भिडियो)

५ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादीबीच एकता कायम गर्न आफ्नो पार्टीको जारी सचिवालय बैठकले विशेष प्रस्ताव ल्याउने बताएका छन् ।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जनताले नै माओवादीहरुबीच एकता आवश्यक रहेको संकेत दिएको भन्दै उनले अब मिल्नुको विकल्प नभएको बताए ।

‘साथीहरु माओवादी विभाजित भएर जानुभयो । तर, कसैले पनि फुटको औचित्य पुष्टी गर्न सक्नुभएन, जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्प छैन भन्ने सन्देश दिएर पठाएका छन्,’ ललितपुरको थसीखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अब सबै माओवादी एक हुनुको बिकल्प छैन ।’

आफ्नो पार्टी (माओवादी केन्द्र)को अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गर्ने उनले बताए । ‘यसले एकताको वातावरण बनाउँछ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

स्थानीय तह चुनावमा माओवादी केन्द्रले अपेक्षित नतिजा ल्याउन नसक्नुको दोष जनता दिन नमिल्ने उनले बताए । स्थानीय चुनावमा माओवादी हार्नुको जिम्मा नेताहरुले पनि लिनुपर्ने उनको भनाइ थियो ।

‘निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौं । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौं,’ प्रचण्डले भने ।

देश माओवादीकै एजेण्डामा चलिरहेको र आफू नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गर्दा पनि चुनावमा अपेक्षित नतिजा नल्याउनुको कारण पार्टीभित्रकै समस्या रहेको उनले बताए । संगठन बनाउनु नसक्नु र उपलब्धीबारे जनतालाई बुझाउन नसक्नुको कारणबारे समीक्षा गरेरमात्रै पार्टी बन्ने उनको भनाइ थियो ।

Leave Your Comment