बम पक्रिएर फ्याँक्ने प्रहरी हबल्दारलाई दुर्गाबहादुर रानालाई असईमा बढुवा

काठमाडौं, साउन ५ – पहिचान हुन नसकेको समूहले फ्याँकेको बम पक्रिएर हाली दुर्घटना हुनबाट जागाउने प्रहरी हबल्दारलाई दुर्गाबहादुर रानालाई असईमा बढुवा गरिएको छ ।

रानालाई गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । हबल्दार राना स्थानीय तहको दोस्रो चरणको चुनावमा दाङको तुलसीपुर

उपमहानगरपालिका–३ स्थित आधारभूत विद्यालय प्रतापकोट मतदान केन्द्रमा खटिनुभएको थियो । त्यस केन्द्रमा पहचिान हुन नसकेको समूहले फालेको बम भुईँमा खस्ने बित्तिकै हातले समाएर रानाले फ्याँकनुभएको थियो ।

बम पक्रिएर फ्याँकेको भन्दै उहाँको सर्वत्र प्रशंसा भएको थियो ।

Leave Your Comment