राजपामा पनि चर्कियो आन्तरिक विवाद, संशोधनबारे निर्णय गर्न बसेको बैठक विना निष्कर्ष

काठमाडौं, ५ साउन– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको छलफलपछि आज (बिहीबार) बसेको राष्ट्रिय जनता पार्टी (राजपा)को बैठक विना निष्कर्ष टुंगिएको छ ।

बुधबार सत्तारुढ दलसँगको बैठकमा संविधान संशोधनबाहेक अन्य विषयलाई तत्काल सम्बोधन गर्न सत्तापक्षीय दलहरु तयार भएपछि राजपाका नेताहरुले चुनावमा जान सकिने बताएका थिए ।

सोही विषयमा निर्णय गर्न आज राजपाका नेताहरुको बैठक बसेको थियो । तर बैठकमा कुनै निर्णय हुन नसकेको राजपाका एक नेताले बताए ।

बैठकमा सत्तारुढ दलले मागेको जवाफ भन्दा पनि आन्तरिक विवादको विषयले महत्व पाएपछि बैठक विना निष्कर्ष टुंगिएको ति नेताको भनाइ छ । निर्वाचन आयोगमा दल दर्ता गरेपछि नै असन्तुष्ट रहेका हृदयेश त्रिपाठीले अगाडि सारेको मागको विषयमा राजपाभित्र विवाद चर्किएको छ ।

त्रिपाठीले अध्यक्ष मण्डलबाहेकका अन्य नेतालाई पनि जिम्मेवारी दिनुपर्ने माग अगाडि सार्दै आएका छन् ।

Leave Your Comment