प्रचण्डले पठाएको रकमबाट बनेको कालोपत्रे २४ नघण्टा नबित्दै तोडियो

– सन्तोष यादब

सिरहा, ५ साउन । सिरहाको गोलबजार नगरपालिकास्थित मुख्यचौक गोलपार्कदेखि दक्षिणको सडकमा गरिएको कालोपत्रे २४ घण्टा नबित्दै तोड्नु परेको छ । कमसल काम भएको भनेर विरोध भएपछि कालोपत्रे तोड्नु परेको हो ।

एक कामदारलाई गरिसकेको कालोपत्रे किन तोड्दै हुनुहन्छ भनेर सोध्दा केहिले बोल्न मानेन । अर्का एक कामदारले भने– ठेकेदारलाई गएर सोध्नुस् न । तर त्यहाँ ठेकेदार भने थिएन । त्यसपछि एक जना स्थानीयलाई सोधेपछि उनले भने– कालोपत्रे नक्कली गरेपछि स्थानीयले विरोध गर्यो । त्यसपछि अहिले तोड्दै छन् । फेरी बनाउँछ ।

एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित क्षेत्र हो यो । उहाँ प्रधानमन्त्री हुँदा यस क्षेत्र विकासका लागि सिधा १० करोडका दर्जनौं योजना पठाए । अझै ति योजनाहरु सम्पन्न भइसकेका छैन् । सबै योजना असार मसान्तभित्रै सम्पन्न हुनुपर्ने हो । तर ठेकेदारको लापरबाहीका कारण काममा ढिलाइ भयो । अहिले साउन लागेपछि काम धमाधम सकाउन कमसल (गुणस्तरहीन) काम गरिरहेका छन् । काम गुणस्तरहीन भएपछि स्थानीयले विरोध गरे । त्यसपछि जिल्ला समन्वय समितिले खटाएको इन्जिनियर दिनेश यादब आपछि कालोपत्रे भत्काएर फेरी कालोपत्रे गर्न निर्देशन दिएका थिए ।

इन्जिनियर दिनेश यादब भन्छन्– कमप्याक्ट नभएर त्यतिकै कालोपत्रे गरिदियो, यो मिस्त्रीको मिस्टेकले यस्तो भयो । त्यसैले भत्काउँदैछ । ठेकेदारले भनेकै थिएन, तर मिस्त्री आफ्नै मनले कालोपत्रे गर्दै थियो । हामीलाई थाहा भएपछि आएर कम्प्याक्ट नगरी गरिएको कालोपत्रे भत्काएर फेरी गर्न भनेका छौं ।

कुनै पनि योजना संचालन भएपछि अनिवार्य रुपमा होडिङ बोर्ड राख्नुपर्ने हुन्छ । तर यहाँ होडिङ बोर्ड समेत राखिएको देखिदैन् । जसका कारण कति बजेटमा कालोपत्रे भइरहेको छ भन्ने विषयमा स्थानीय जनता अनभिज्ञ छन् । होडिङ बोर्ड राख्नुपर्दैन भन्ने जिज्ञासामा इन्जिनियर यादबले ठेकेदारको बचाउ गर्दै भने– ‘होडिङ बोर्ड थियो । तर कसैले लगेको होला ।’

सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नो कोषबाट सिधा १० करोड रुपैया विकासका लागि सिरहा पठाएको थियो । सो रुपैयामा संचालित दर्जनौं योजना अझै सम्पन्न हुन सकेका छैन् । जसका कारण हतारहतारमा गुणस्तरहीन भएपनि काम सकाएर रकम झ्वाम पार्ने दाउमा ठेकेदारहरु छन् । श्रोत दैनिक नेपाल

Leave Your Comment