पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न कमल थापा नर्भिक अस्पतालमा पुगे

काठमाडौं ५ साउन – पूर्वराजासंग सम्बन्धी बिग्रीएको चर्चाकाबीच राप्रपा अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्रलाई भेटन गएका छन् ।
मुटु सम्बन्धी समस्याका कारण थापाथलीको नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्रलाई भेटन अध्यक्ष थापा बिहीवार अस्पताल गएका हुन् ।

मंगलवार अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अबस्था सामान्य रहेको र भोलि डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ ।

राजतन्त्र र हिन्दु धर्मलाई लिएर राजनीति गरेपनि पूर्वराजा ज्ञानेन्द्रसंग थापाको सम्बन्ध चिसिएको टिप्पणी हुँदै आएको थियो ।

Leave Your Comment