भोट गन्दा एमालेले जित्छ, त्यसैले भरतपुरको नतिजा आएन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाण्डौ, ५ साउन नेकपा एमालेका अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको जितलाई स्वीकार गर्न नसकेर भरतपुर महानगरपालिकाको नतिजा अहिलेसम्म आउन नसकेको वताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)को महाधिवेशन परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस–माओवादीले राज्यशक्तिको दुरुपयोग गर्दा पनि एमालेले अग्रता लिएपछि मतगणनामा विवाद झिकेर ढिलाई गरिएको वताउनु भयो ।

‘बैशाख ३१ गते भरतपुरमा चुनाव भयो, अहिले पनि गन्या गन्यै छन्’ ओलीले भन्नुभयो, ‘मतगणना गरे एमालेले जित्छ, त्यसैले गन्या गन्यै छ । रिजल्ट आउँदैन ।’ स्थानीय तहका दुई चरणको चुनावमा एमालेले अग्रता लिएका ठाउँमा सबैतिर मतगणनामा समस्या खडा गरिएको ओलीको भनाई थियो ।

 

सत्तारुढ कांग्रेस–माओवादीले राज्यशक्तिको दुरुपयोग र अनैकौ षडयन्त्र गर्दा पनि एमालेले  जनताको मन जित्न सफल भएका कारण पहिलो स्थान हासिल गरेको उहाँको भनाई थियोे ।

एमालेले बढी सिट जित्ने देखेपछि उनीहरु एमाले विरुद्ध दुश्प्रचारमा लागेको पनि ओलीले वताउनु भयो । ‘उनीहरुका भ्रमपूर्ण प्रचारबाजीलाई जनताले पत्याएनन्’ ओलीले भन्नुभयो, ‘तपाईंहरुले देख्नु भएकै छ मैले बोलेका कुरालाई पनि उनीहरु उखान भनेर प्रचार गर्छन् । तर, अहिलेका जनता भ्रमममा छैनन् ।’

 

ओलीले स्थानीय तहमा जित हासिल गरेका प्रतिनिधिहरुलाई पार्टी कार्यकर्ताको नभई जनताको प्रतिनिधिका रुपमा काम गर्न निर्देशन दिनुभयो । ‘चुनावमा तपाईंहरुले एमालेको कार्यकर्ता वा जीफन्टको कार्यकर्ताका रुपमा टिकट पाउनु भयो’ ओलीले भन्नुभयो, ‘अव एमालेको कार्यकर्ताको रुपमा मात्र होइन, जनताको साझा प्रतिनिधिका रुपमा काम गर्नु पर्छ ।’ कार्यक्रममा स्थानीय तहको निर्वाचनमा जितेका जीफन्टका २५० नेता कार्यकर्तालाई सम्मान गरिएको थियो ।  श्रोत चक्रपथ

Leave Your Comment