डडेल्धुरा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिए एमाले सचिव ज्ञवाली

डडेल्धुरा, साउन ४ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि उहाँकै गृह जिल्ला पुगेर नेकपा एमाले सचिव प्रदिप ज्ञवाली खनिनु भएको छ । उहाँले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो आरोप लगाउनु भयो । प्रधानमन्त्री देउवाले निर्वाचनको समयमा निर्वाचन आचार संहिताका न्युनतम मर्यादाको समेत उल्लङ्घन गरेको भन्दै उहाँले प्रधानमन्त्री देउवा स्वयंमले चुनावको कमाण्ड समालेर हप्तौँसम्म गृह जिल्ला बसेको आरोप लगाउनु भयो ।

उहाँले डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ प्रचार नै गर्नु पर्दैन र एमाले त नगन्य शक्ती हो भन्ने भ्रम आफूहरुले तोडेको दावी गर्नुभयो ।

यस्तै सचिव ज्ञवालीले अहिलेको सरकार बाहना बाजि गर्दै चुनावबाट भागिरहेको आरोप लगाउनु भयो । ‘नेपाली कांग्रेस र माओवादी केन्द्रलाई चुनाव नाम बाट नै एक खालको एलर्जी जस्तो भएको छ’ उहाँले भन्नु भयोे ‘जान्छ जान्छ खाने सँग डराउँछ भने झै माओवादी र कांग्रेसलाई चुनाव भनेदेखि नै एलर्जी होला जस्तो छ । तर उहाँहरु चुनावबाट भाग्न पाउन हुन्न ।’ छिटो भन्दा छिटो चुवानको वातावरण बनाउन पहिलो काम भनेको  निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर त्यससम्बन्धी काम अगाडि बढाउनु पर्ने आवश्यकताल रहेको उहाँले बताउनु भयो ।

Leave Your Comment