नेपाललाई अर्को सफलता! भर्खरै सम्पन्न खेलमा नेपालद्वारा सिंगापुरमाथि सनसनीपूर्ण जित हासिल

०६ साउन, काठमाडौं । यू–१९ विश्वकप छनोटमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले १६९ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको सिंगापुरले १४७ रन मात्र बनायो ।

खेलको ४३ ओभरसम्म सिंगापुर जितको निकै नजिक थियो । ४३ ओभरमा सिंगापुरले पाँच बिकेटको क्षतिमा १३९ रन बनाएको थियो । त्यसपछि नेपाली बलरका सामु उनीहरु चल्न सकेनन् । बाँकी ८ रनमा सवै विकेट सिंगापुरले गुमायो ।

४७.५ औं ओभरमा नेपालले सिंगापुरका सवै विकेट झारेर जित दिलायो ।

Leave Your Comment